पोखरामा फलामको फोल्डिङ टेका चोरी गर्ने राजु र गणेश प्रकाउ
पाेखरा | पुस २८, २०७९
पोखराः पोखरामा घर निर्माणमा प्रयोग गरिने फलामको फोल्डिङ टेका चोरी गर्ने दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका २५ हेम्जा बडहरेमा अर्जुन थापाको बन्दै गरेको घरमा प्रयोग गरिएका फलामको फोल्डिङ टेका, ट्रष्ट पाईप र ट्रष्ट पाईपमा प्रयोग हुने क्ल्याव बोल्ट चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।

फलामको फोल्डिङ टेका ११८ थान र ६थान फलामको पाइपसहित पोखरा १ कसेरी बस्ने २४ वर्षीय राजु गुरुङ र पोखरा १६ लामाचौर बस्ने ३० वर्षीय गणेश कुमार राईलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा १० को म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

